२०८१ चैत्र ६ गते बुधवार

साना किसान कृषि सहकारीले भोली २५ औँ वार्षिक उत्सब मनाउँदै


सल्यान,२७ पुस ।
सल्यानको कपुरकोट गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक उत्सब भोली एक कार्यक्रम गरेर मनाउने भएको छ ।

साबिकका धनबाङ, गर्पा, रिम र सिनबाङ गाबिसका किसानलाई कृषि पेशाका माध्यमबाट आयस्तर वृद्धि र आत्मनिर्भर बनाउने उदेश्य सहित २०५४ साल जेठ २१ गते स्थापन भएको संस्थाले आफ्नो कार्यालयको सुबिधा सम्पन्न नयाँ भबनको उद्घाटन गरेर बार्षिक उत्सब मनाउन लागेको हो ।

२५ जना किसानबाट स्थापना गरिएको साना किसान कृषि सहकारी संस्थामा हाल कपुरकोट गाउँपालिकाका १ हजार ५ सय ९६ जना किसान आबद्ध छन् ।

संस्थामा आबद्ध प्रत्येक किसानबाट १ हजार, कपुरकोट गाउँपालिकाको ५ लाख, साना किसान विकास बैंकको ४ लाख र बांकी संस्थाको मुनाफाबाट संस्थाले १ करोड ६१ लाख ५२ हजार ९३ रुपैया ६१ पैसामा सुबिधा सम्पन्न कार्यालय भवन समेत निर्माण गरेको छ ।

नव निर्मित भबनको भोलि हुने बार्षिक उत्सबका अबसरमा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाका प्रबन्धक जित प्रसाद आचार्यले जानकारी दिनुभयो ।

संस्थाले व्यावसायिक कृषि र पशुपालनबाट किसानको आय स्तर वृद्धि तथा सहज जिविकोपार्जका लागि सहुलियत ब्याजदरमा १४ करोड ५७ लाख ७० हजार ९ सय रुपैया लगानी गरेको संस्थाका मुख्य प्रबन्ध निर्देशक तिर्थराज शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस