२०८१ माघ ६ गते आइतवार

पढ्न जाने विद्यार्थीबाट वार्षिक अर्वौँ रुपैयाँ बाहिरिदै

दाङ, २३ पुस ।
सरकारले गुणस्तरीय शिक्षामा जोड दिने बताए पनि पढाइमा गुणस्तर खोज्दै विद्यार्थीहरू बाहिरिने क्रम रोकिएको छैन ।

बैदेशिक अध्ययनका लागि विद्यार्थी बाहिर जाँदा युवा जनशक्तिमात्र नभइ नेपालबाट बर्सेनि अर्बौँ रुपैयाँसमेत बाहिरिने गरेको छ । उच्च शिक्षाका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै दैनिक करिब ३ सय विद्यार्थी विदेश जाने गरेको तथ्याङ्क छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाअनुसार गएका ९ वर्षमा अध्ययनका लागि विदेश जानेको सङ्ख्या ७५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा १ लाख १३ हजार ६ सय जनाले विभिन्न देशमा अध्ययनका लागि जान ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । विदेश अध्ययनका लागि गत वर्ष ६७ अर्ब ६० करोड रूपैयाँ नेपालबाट बाहिरिएको थियो ।

गएको साउनदेखि कात्तिक मसान्तसम्म वैदेशिक शिक्षाका लागि नेपालबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । शिक्षासँगै जोडिने रोजगारीका कारण पनि विदेश मोह बढेको छ । नेपालमा पढाइपछि पनि रोजगारीको सुनिश्चितता नभएकाले युवाहरूमा विदेशको मोह बढेको देखिएको छ ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस