२०८१ जेष्ठ ९ गते बुधवार

जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्न अझै केही समय लाग्ने


दाङ १९, पुस ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा औपचारिक रुपमा सार्वजनिक गर्न अझै केही समय लाग्ने भएको छ ।

गएको १३ गते नै अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य भए पनि प्राविधिक कारणले औपचारिक रुपमा सार्वजनिक गर्न ढिलाई भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आगामी माघ महिना भित्रमा तथ्याङ्क सार्वजनिक गर्ने तय भएको छ ।

कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले नतिजा अनुसार तथ्याङ्क प्रशोधनको काम ९९ प्रतिशत सकिएको बताउनुभयो । विभागले यसअघि भर्चुअल माध्यमबाट गएको माघमा जनगणना-२०७८ को प्रारम्भिक नतिजा भने सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस