२०८१ माघ २ गते बुधवार

दाङमा आज यो वर्षकै कम तापक्रम

दाङ, १३ पुस ।
दाङसहित तराईका जिल्लामा केहिदिन अघिदेखि हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ ।

मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भू-भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने तथा तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लागेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ । महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

यसैबिच दाङको न्युनतम तापक्रम ५ डिग्रि सेल्सीयसमा झरेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार मंगलबार (हिजो) दाङको न्युनतम तापक्रम ६ डिग्रि सेल्सीयस रहेकोमा आज १ डिग्रि घटेर ५ डिग्रि सेल्सीयसमा झरेको छ ।

दाङमा आज मापन गरिएको न्युनतम तापक्रम यो वर्षकै कम हो । पछिल्लो समय तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ । सोमबार दाङको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सीयस मापन गरिएको हो ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस