२०८१ माघ २ गते बुधवार

कालो भेरीले टोक्दा तुलसीपुरमा एक जना बिरामी


तुलसीपुर, २२ मंसिर ।
तुलसीपुरमा कालो भेरीको टोकाइबाट एकजना बिरामी परेका छन् । तुलसीपुर उपमहानगरपालिका -११ बेलटाकुरा निबासी ६८ वर्षका रामबहादुर चौधरीलाई कालो भेरीले टोकेको हो ।

पातुखोलामा गाई चराउन गएका चौधरीलाई दिउँसो साढे दुई बजे कालोभेरीले टोेकेको प्रहरीले जनाएको छ ।

बिरामी चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस