२०८१ जेष्ठ ५ गते शनिवार

रोल्पा : वडा अध्यक्षलाई विव्यस अध्यक्षको जिम्मा

रोल्पा, २२ मंसिर ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रुन्टीगढी ६ डुब्रिङ रोल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा वडा अध्यक्ष घनबहादुर घर्ती चयन हुनुभएको छ ।

विद्यालयमा भएको आम भेलाले वडा अध्यक्ष घर्तीलाई अध्यक्ष बनाउने गरी व्यवस्थापन समिति गठन भएको हो । शिक्षा नियमावलीको ढाँचा अनुसार चार जना अभिभावक मध्येबाट खिम बहादुर घर्ती, दुर्गा बुढा घर्ती, नविन विक र कुसुम विक चुनिएको विद्यालयले जनाएको छ ।

चन्दादाता र बुद्धिजिवीबाट गोविन्द घर्ती र जय बहादुर बुढालाई मनोनित गरिएको थियो भने वडाको प्रतिनिधिमा वडा अध्यक्ष घन बहादुर घर्ती रहनुभएको थियो । ९ सदस्य विद्यालय व्यवस्थापन समितीमा ७ जना भित्रबाट अध्यक्ष चुनिने प्रावधान अनुसार वडा अध्यक्ष घन बहादुर घर्तीलाई अध्यक्ष बनाउन सर्वसम्मत निणर्य भएको हो ।

वडा अध्यक्ष घर्ती पूर्व शिक्षक समेत हुनुहुन्छ । उहाँ सोही विद्यालयमा लामो समय अध्यापन गरी निवृत्त हुनुभएको थियो । व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यपक केशर बहादुर घर्ती रहनुभएको छ भने शिक्षक प्रतिनिधिबाट हुने सदस्य भने शिक्षक बैठकबाट छनोट गरेर पठाईने शिक्षक डम्वर विकले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तिलक बहादर पुनको अध्यक्षता तथा वडा अध्यक्ष घन बहादुर घर्तीको प्रमुख आतिथ्यता एवम् गाउँ कार्यपालिका सदस्य प्रेमा विकको विशिष्ट आतिथ्यता भएको उक्त कार्यक्रमले भिमा घर्तीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ ।

जसको सदस्यमा रामसरी सिर्पाली,गिता थापा,कमला घर्ती,हिमा थापा,जमुना वस्नेत,शिवराज भण्डारी,मिलन सेन ठकुरी रहनुभएको छ । प्रधानाध्यापक र वडा प्रतिनिधि पदेन सदस्य रहने र शिक्षक प्रतिनिधि भने विद्यालयको शिक्षक बैठकले छनोट गरेपछि पूणर्ता पाउने छ ।

त्यसैगरी भेलामा व्रिद्यालयको सामाजिक परिक्षण तथा गत वर्षको वार्षिक परिक्षामा प्रथम,द्वितिय र तृतिय हुने विद्यार्थीलाई पुस्कार वितरण गरिएको छ । कार्यक्रममा वडा सदस्य वसन्ती वस्नेत,नेकपा एमालेका वडा अध्यक्ष अर्जुन पुन, नेपाली काँग्रेसका वडा सभापति केशर विक, नेकपा माओबादी केन्द्रका गाउँपालिका सदस्य लुद्र बहादुर विक,घोराही १२ का समाजसेवी एवम् प्रावि गुरौँका व्यवस्थापन समिति अध्यक्ष गण बहादुर घर्ती,,टोल विकास संस्थाका प्रमुख प्रतिनिधि,आमा समूहका प्रमुख प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

शिक्षक डम्बर विकको स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रमको सञ्चालन शिक्षक भरत केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस