
दाङ, १४ मंसिर ।
मेला महोत्सवको विरोधमा तुलसीपुर उद्योग वाणिज्य संघले बजार बन्द गराएपनि अधिकांश व्यवसायीले बन्दको बिरोध जनाएका छन् ।
तुलसीपुरमा भोलिदेखि संचालन हुन लागेको लुम्बिनी प्रदेश स्तरिय कृषि, व्यापार , पर्यटन महोत्सवको बिरोधमा संघले बजार गर्न व्यवसायीलाई आग्रह गरेपनि अधिकांश व्यवसायीलो बन्दको असहमती जनाएका छन् ।

संघले बजार अचानक व्यवसाय बन्द गराउँदा आफुहरु समस्यामा परेको व्यवसायीको गुनासो छ । तुलसीपुर उद्योग वाणिज्य संघले यसअघि पनि विभिन्न समयमा विभिन्न संघ संस्थाले संचालन गरेको मेला महोत्सवको बिरोध जनाउने गरेको छ ।

पछिल्लो समयमा पनि महोत्सव संचालन गर्न नहुने भन्दै संघले बिरोध जनाएको छ । संघका अध्यक्ष रामप्रसाद चालिसे सहितको टोलीले अहिले पनि बजार बन्द गराउँदै हिडेको छ ।

व्यवसायीको हकहितकै लागि भनेर मेला महोत्सवको बिरोधमा संघले बजार बन्द गराएपनि धेरै व्यवसायीले असहमती जनाएका छन् । बन्दको नाममा व्यवसायीलाई झनै समस्या थप्ने गरेको उनिहरुको भनाई छ ।