२०८० फाल्गुन २२ गते मङ्गलवार

लुम्बिनी प्रदेश स्तरिय महोत्सव पूर्व निर्धारित मितिमै संचालन हुने


तुलसीपुर, १३ मंसिर ।
तुलसीपुरमा संचालन हुने भनिएको प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा व्यापारिक महोत्सव तोकिएकै मितिमा संचालन हुने भएको छ । महोत्सव आयोजक युथ्स अफ तुलसीपुरले आज एक विज्ञप्ती जारी गरी पर्सि १५ देखि २६ गतेसम्म महोत्सव संचालन हुने जनाएको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा ओम शान्ति सिनेमा हलको पूर्वतर्फ महोत्सव संचालन हुन लागेको क्लबका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो । यसबिचमा विभिन्न व्यवसायीक संघसंस्थाले विरोध जनाएपनि तोकिएकै मितिमा महोत्सव संचालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकार प्रकाश सपुत, बद्रि पंगेनी, प्रमोद खरेल, रामजी खाँड, पशुपति शर्मा, मेलिन राई, प्रिति आले, रमेशराज भट्टराई लगायतका करिब ५० बढी राष्ट्रीय तथा स्थानीय कलाकार आउने भएका हुन् ।

यता तुलसीपुर उद्योग वाणिज्य संघले कार्यविधि बनाएर मात्रै तुलसीपुरमा मेला महोत्सव सञ्चालन गर्नुपर्ने माग अघि सारेर बिरोध जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस