दाङ, ११ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पाटीका कमल सुवेदीले चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर ३ का उमेदवार बनेका सुवेदीले सामाजिक संजाल फेसबुकमार्फत चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।
उहाँले सार्वजनिक गरेको खर्च विवरण अनुसार ८ लाख १ हजार ७२४ खर्च भएको देखिएको छ । सुवेदीले प्रिन्टिङ भिजिटिङ कार्ड, स्टिकर, व्यानर, बाचापत्र, झण्डा, नमूना मतपत्र छपाईमा २ लाख ७० हजार ८२४, यातायातमा १ लाख ९५ हजार, खाना र खाजामा १ हजार ८४ हजार ४ सय , फेसबुक बुस्टमा २० हजार, साउण्ड सिस्टममा ८६ हजार ५ सय, तीन ठाउँको निर्वाचन सम्पर्क कार्यालयको भाडा १८ हजार ५ सय र अन्य मसलन्द एवं प्रशासनिक खर्चमा २६ हजार ५ सय उल्लेख गर्नुभएको छ ।
३ लाख ३ हजार ६५७ शुभेच्छुक र सहयोगीदाताबाट र ४ लाख ९८ हजार ०६७ व्यक्तिगत लगानी खर्च गरिएको सुवेदीले बताउनुभयो ।