२०८१ फाल्गुन ३ गते शनिवार

समानुपातिकमा एमालेले २२ लाख मत ल्यायो

दाङ, ११ मंसिर । प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २२ लाखभन्दा धेरै मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २२ लाख ५८ हजार ४१४ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले २१ हजार ५७ हजार ७८१ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ९ लाख ४६ हजार ९५४,राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८९ हजार ८९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८१ हजार ४२९,र जनता समाजवादी पार्टीले २ लाख ७३ हजार १४१, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९३ हजार ९०२, एकिकृत समाजवादी पार्टीले २ हजार ११ हजार १७८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस