२०८१ फाल्गुन ३ गते शनिवार

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ

तुलसीपुर, ९ मंसिर ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको आजदेखि शुरु भएको छ । हिंसामुक्त समाज निर्माणका लागि सचेतना फैलाउन लैंगिक हिंसाविरुद्धको अभियानको शुरु भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिकाका तथा सामाजिक विकास शाखाको आयोजनामा तुलसीपुरमा आज अभियानको शुभारम्भ गरिएको हो ।

हिंसाविरुद्धको अभियानलाई सफल बनाउन नागरिकलाई जागरुग गराउने उद्देश्यका साथ तुलसीपुर उपमहानगरपालिकाका नगर शिक्षा महाशााखा प्रमुख चक्र भण्डारीले नगरप्रमुख टिकाराम खड्कालाई सेतो रिबन लगाएर १६ दिने अभियानको शुभारम्भ गरिएको हो ।

‘म हिंसा सहन्न, आफु पनि गर्दिन र देखेमा प्रतिकार गर्दछु ’ भन्ने प्रतिवद्धताका सेतो रिबनका लगाउने गरिन्छ । नगरका सामाजिक विकास शाखा सदस्य बसन्ता केसीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा नगरका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले १६ दिने अभियानको संचालनको उद्देश्य, संचालन गरिने कार्यक्रम लगायतको बारेमा जानकारी दिनुभयो । उहाँले नगरलाई नमुना र गतिशिल नगरका रुपमा विकास गर्न विभिन्न बहानामा हुने हिंसाको अन्त्य गर्नुपर्ने बताउनुभयो । सामुहिक प्रयासलेमात्रै हिंसामुक्त समाजको निर्माण गर्न सकिने उहाँको भनाई छ ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले शुन्य सहनशिलताले भेदभावरहित तथा हिंसामुक्त समाजको परिकल्पना गर्न सकिने बताउनुभयो ।

यस्तै बालविज्ञ नवराज लामिछाने, कार्यपालिका सदस्य यमुना परियार, ओरेकका जिल्ला संयोजक इश्वरी थापा लगायतले विभेदरहित समाजबाट मात्रै समृद्धिको परिकल्पना गर्न सकिने बताउनुभयो ।

‘तुलसीपुर उपहानगरपालिकाको प्रतिवद्धता, लैंगिक हिंसाविरुद्धको शून्य सहनशिलता’ भन्ने नाराका साथ आजदेखि शुरुवात भएको अभियानको मंसिर २४ गते समापन गरिने छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस