२०८१ जेष्ठ ८ गते मङ्गलवार

तुलसीपुरमा किरियापुत्रीले पनि गरे, मतदान

दाङ, ४ मंसिर ।
दाङमा दुई जना किरियापुत्रीले पनि मतदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को जनश्रम मावि मतदानस्थलबाट भुमबहादुर बुढा र बलसिंह बुढाले किरिया बसेको अवस्थामा आज मतदान गर्नुभएको हो ।

आमा ८५ वर्षिया भागी बुढाको मृत्यु भएपछि १० दिनदेखि किरिया बसिरहेका दुवै छोराले बिहान साढे १० बजेतिर मतदान गरेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस