२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरमा किराना पसलमा आगलागी हुँदा पाँच लाखको क्षति

तुलसीपुर, १ मंसिर ।
तुलसीपुरमा एक किराना पसलमा आगलागी भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले बसपार्कमा बनाएको टहरमा संचालित बिशाल विकको किराना पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

आगलागीबाट करिब ५ लाखको क्षति भएको उहाँले बताउनुभयो । आगोलाई स्थानीय, तुलसीपुर उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

आज राती करिब साढे ८ बजेतिर विद्युतको तार सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस