२०८० फाल्गुन १५ गते मङ्गलवार

रुन्टीगढी गाउँपालिकाद्वारा विद्यालय अनुगमन

कार्तिक २८ रोल्पा ।
शिक्षा क्षेत्रमा देखिने गरि परिबर्तन ल्याउन रोल्पाको रुन्टीगढी गाउँपालिकाले विद्यालय अनुगमलाई अघि बढाएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका शिक्षा शाखा द्वारा आज रुन्टीगढी गाउँपालिका वडा न ६ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको अनुगमन गरिएको हो ।

विद्यालय शिक्षाको स्तर सुधार गर्ने लक्ष्य अनुसार अनुनुगमनको पाटो अगाडि बढाईएको छ । विद्यार्थीको शैक्षिक गुणस्तर,पठनपाठनको अवस्था तथा भौतिक , तथा सरसफाईको अवस्थाको बारेमा अनुगमन गरिएको हो ।

आइतबार अनुगमन रुन्टीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्म , गाउँपालिका अध्यक्ष जनक पुन, सामाजिक विकास समिति संयोजक तथा रुन्टीगढी गाउँपालिका वडा न ७ का अध्यक्ष टेकलाल पुन, वडा न ६ का अध्यक्ष घन बहादुर घर्ती सहितको टोलीले अनुगमन गरेको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस