तुलसीपुर, १६ कार्तिक ।
रगतको माग बढ्दै गएको अवस्थामा तुलसीपुरमा २७ जना युवाले रक्तदान गरेका छन् । नेकपा बहुमत दाङको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
नेकपा बहुमतका दाङ जिल्ला संयोजक बिरेन्द्र बिक, कार्यालय सचिव अमर खड्कासहित २७ जना युवाले रक्तदान गरेको रक्तसंचार केन्द्र तुलसीपुरले जनाएको छ ।
रक्तदान गर्नेहरुमा प्रविन न्यौपाने, नविन खत्री, बिमल परियार, इन्द्रजित परियार, राजकुमार नेपाली, खुमबहादुर चन्द, मिलन बिक, प्रकाश बिक, रेखा बस्नेत, प्रेम परियार, साजन परियार, सन्देश नेपाली रहेको केन्द्रले जनाएको छ ।
यस्तै जीवन वली, सन्दीप सेर्पाइली, तिलक पुन मगर, आचोड ठकुरी, गोपाल सुनार, मिलन रोका, बिबेक विक, बिरेन्द्र बिक, प्रविन चौधरी, सुन्दर सुनार, राजन बिक, सुमन बिक र प्रकाश सुनार लगायतले रक्तदान गर्नुभएको रक्त संचार केन्द्र तुलसीपुरका प्रमुख नरेश चौधरीले जानकारी दिनुभयो ।
तुलसीपुर रक्तसंचार केन्द्रबाट दैनिक ६ देखि ११ युनिटसम्म रगत खपत हुने गरेको छ तर चाडपर्व र चुनावका कारण रक्तदाताहरु बढ्न नसक्दा रगतको अभाव हुन थालेको प्रमुख चौधरीले बताउनुभयो ।
‘रगतदान गर्ने दाताको संख्या घटेको छ तर रगत लिने बिरामीको संख्या बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो-‘रगतको माग बढ्दै गएको अवस्थामा रगतको अभाव देखिन थालेको हो ।’