२०८१ फाल्गुन ३ गते शनिवार

डुंगा पल्टिँदा तीनजनाको मृत्यु


दाङ, १५ कार्तिक ।
पश्चिम नवलपरासीको सुस्तामा सोमबार अपराह्न डुंगा पल्टिँदा तीनजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको बर्दघाटस्थित चौपत्ता अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा सुस्ता गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नर्सही गोकुलनगरका युवा हुन् । उनीहरूको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ । सुस्ता ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका युवाहरू डुंगा चढेर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् । तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिकनिक खान गएका सातमध्ये दुईजना हिँडेर फर्किएकाले डुंगामा पाँचजना थिए । दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस