२०८० असोज ४ गते बिहिवार

एक सातापछि आजदेखि खुले, सरकारी कार्यालय


दाङ, १४ कार्तिक ।
एक हप्ताको लगातार बिदापछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । अघिल्लो सोमवार अर्थात कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका हुन् ।

सोमवारदेखि शुक्रवारसम्म पाँच दिन तिहारको बिदा भयो । त्यसपछि अस्ति शनिवार र हिजो छठ पर्वको बिदा थियो । मधेस प्रदेशमा भने आज पनि छठको सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशबाहेकका अरु ठाउँमा भने आजदेखि सरकारी कार्यालय खुल्न लागेका हुन् ।

यस्तै दशैँदेखि बिदा भएका शिक्षण संस्था पनि आजदेखि खुलेका छन् । दशैँ तिहारको बीचमा केही शिक्षण संस्था खुले पनि धेरै खुलेका थिएनन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस