२०८१ मङ्सिर २३ गते आइतवार

तिहारको मुख्य दिन आज भाइटीका ,११ बजेर ३७ मिनेटमा उत्तम साइत


दाङ, १० कार्तिक ।
आज नेपालीको दोस्रो ठुलो चाड तिहार । कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनी बाट टीका ग्रहण गर्दै छन् ।
 
यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाउने परम्परा रहेको छ ।
 
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
 
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिले जनाएको छ ।
 
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।
 
टीका लगाइदिए पछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । यसैबिच प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटिकाको धर्मिक महत्व के छ भनेर सहकर्मी मनोजकुमार आचार्यले नेपाल पञ्चाकङ् निणर्ायक समिति सदस्य प्राध्यापक डाक्टर देवमणी भट्राईलाई सोध्नुभएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस