२०८१ फाल्गुन १ गते बिहिवार

तिहार सुरु भएसँगै बजारमा चहलपहल सुरु

दाङ, ८ कार्तिक ।
तिहार सुरु भएसँगै बजारमा चहलपहल सुरु भएको छ । बजारमा फूलमाला र झिलीमिली बत्तीको भाउ आकासिएको छ । व्यवसायीहरुकाअनुसार पूजाको सामाग्री तथा भाई मसला भाउ बढेपनि मूल्यमा आकासपातालको फरक छैन् ।

नेपालीहरुको ठूलो दोस्रो चाड तिहार सुरु भएसँगै दाङको मुख्य बजार तुलसीपुर, घोराही, लमही लगाएत अन्य स्थानहरुमा बजारमा तिहारका लागि किनमेल गर्ने र बेच्नेहरुको भिडभाड देखिएको छ ।

तिहारका लागि भाई मसला, फूल, माला, पूजाको सामाग्री तथा मिठाई बेच्ने र किन्नेहरुको चहलपहल छ । त्यस्तै, पूजाका लागि पवित्र मानिने पित्तल तामाका भाँडाहरु किन्नेहरुको पनि भिडभाड देखिएको छ ।

बजारमा अन्य वर्षको तुलनामा फूल मालाको मूल्य अत्यधिक बढेको गुनासो उपभोक्ताको गुनासो छ । यता, यो वर्ष फूल कम फूलेकोले मालाको भाउ बढेको व्यापारीहरुको भनाई छ ।

तर मखमली फूलको माला त्यति अन्तर देखिदैन । व्यापारीहरुले २० देखि ३५ रुपैयाँ सम्म मखमली फूलको माला बेचेका छन् ।उज्यालो पर्व मनाउन हुने खानेदेखि, हुँदा खानेसम्मको उत्साह आफैंमा प्रेरणादायी देखिन्छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस