२०८१ माघ ९ गते बुधवार

तुलसीपुरको एक पसलमा आगलागी

तुलसीपुर, ३१ असोज ।
तुलसीपुरको एक पसलमा आज बिहानै आगलागी भएको छ । तुलसीपुरको विपी चोक नजिकै रहेको मनकामना भाँडा पसलमा बिहान ५ बजेतिर आगलागी भएको हो ।

विद्युतको तार सर्ट भएर आगो लागेको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । पिडितका अनुसार आगलागीबाट करिब ४ लाख बराबरको क्षति भएको छ ।

प्रहरीले भने क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । आगो लागे लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस