२०८१ बैशाख ११ गते मङ्गलवार

हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला


दाङ, ३० असोज ।
दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।

तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आर्चाय र १४ वर्षको रोशनी महतारालाई आइतबार(आज) जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

दुवै जनाको शब एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको हो ।

शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।

घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस