२०८१ बैशाख ९ गते आइतवार

दाङमा जंगलमा गाडिएको अवस्थामा शव फेला

दाङ, ३० असोज ।
दाङमा जंगलमा गाडिएको अवस्थामा अबस्थामा एक जनाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउको जंगलमा एकजनाको शव फेला परेको हो ।

दमारगाउँ जंगलमा गाडेको अबस्थामा शब फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । हत्याको आशंकामा शवको उत्खनन् भईरहेको उहाँले बताउनुभयो ।

शव अरुपनि हुनसक्ने आशंका गरिएको वडाअध्यक्ष पौडेलले जानकारी दिनुभयो । शव कस्को हो भन्ने खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी भर्खर केहिबेर अघि घटनास्थलमा पुगेको छ ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस