दाङ, २३ असोज ।
दाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेरा निवासी अन्दाजी २७ बर्षिया हिरा नेपालीलाई पहिरोले पुरेको हो ।
यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा अवस्थित अर्जुन खोलाले बगाउदा बंगलाचुली ५ जहरे निवासी १४ बर्षकी पार्वती नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बालिकालाई शुक्रबार दिउँसो खोलाले बेपता बनाएको र अहिलेसम्म फेला पार्न नसकिएको परिवारले जनाएको छ । यस्तै सोही ठाउँमा खोलाले बगाउँदा २ जना घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ जहरे निवासी ५० बर्षका स्यामलाल सार्की र सोहि ठाउँ निवासी ६३ बर्षिया पिमा बुढा घाइते हुनुभएको छ । ६३ बर्षिय पिमा बुढालाइ मुर्कुटिमा सनमान्य उपचार पछि घर लगिएको छ । घाइते स्यामलाल सार्किको खुट्टामा चोट लागेको छ ।
यसैगरी अविरल वर्षाले बंगलाचुली गाउँपालिका वडा नम्वर ५ कुडुलेका करिब ५० घर उच्च जोखिममा रहेका छन् । बस्तिको माथिबाट आएको पहिरोको कारण करिब ५० घर उच्च जोखिममा रहेका छन् ।
पहिरोले टिकाराम घर्ति मगर, रणबहादुर घर्ति मगर, बसन्त वली, रोम बहादुर घर्ति, ताम बहादुर घर्ति, चेत बहादुर पुन, दिल बहादुर पुन, केशर वली, जित बहादुर वली, होताराम वली र फनाधर घर्तिको घर उच्च जोखिममा रहेको छ ।
उहाँहरुलाई अहिले पहिरो गएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । उहाँहरु छिमेकी तथा आफन्तीको घरमा आश्रय लिएर बस्नुभएको छ । पहिरोले नेपाल राष्ट्रिय आधारभुत विद्यालय कुडुलेमा पनि क्षति गरेको छ ।
करिब ३५० विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालय पहिरोको उच्च जोखिममा परेपछि विद्यार्थीको पढाइ पनि प्रभावित हुने भएको छ । यस्तै सुधा माध्यामिक विद्यालयमा पनि विद्यालय भवनमाथि बाट आएको वाढीले प्राङ्गणमा क्षति गरको छ । भने विद्यालयको सौचालयमा समेत क्षति पुगेको छ ।
यसैविच आज बंगलाचुली गाउँपलिका अध्यक्ष तुल्सीराम पुनले कुडुले गाउँ पहिरोको उच्च जोखिममा रहेको भन्दै उक्त गाउँलाई नै स्थान्तरण गर्नका लागि आफुले पहल गर्ने बताउनुभएको छ भने उच्च जोखिममा परेका र पहिरो पिडितलाई आवश्यकता अनुसार राहातको व्यवस्थापन गरिने बताउनु भएको छ ।