२०८१ जेष्ठ ५ गते शनिवार

स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा

दाङ, २१ असोज ।
नेकपा एमालेका नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा रहनुभएको थियो ।

तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बन्नुभएको हो ।

निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको हो । ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन्, राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु, जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु, हजुरहरुको साथ चाहिएको छ ।’ चौधरीले सामाजिक संजालमा लेख्नुभएको छ ।

चौधरीले एमालेको सदस्यताबाट आधिकारिकरुपमा राजीनामा दिनुभएको छैन् ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस