२०८१ बैशाख ९ गते आइतवार

वर्षातका कारण तुलसीपुरमा भत्कियो घर



तुलसीपुर, २० असोज ।
लगातारको वर्षातको कारण तुलसीपुरमा एक घर भत्किएको छ । वर्षातका कारण तुलसीपुर–१६ फचकलुवाका नारायण केसीको घर भत्किएको हो ।

घर भत्कीदा मानविय क्षति नभएपनि करिब भौतिक क्षति भएको स्थानीय यज्ञमूर्ती गौतमले जानकारी दिनुभयो । दुईतले कच्चि इट्टाको घर बिहिबार बिहान १ बजेतिर भत्किएको हो ।

घर भत्किएपछि घरमा रहेको सम्पूर्ण अन्नपात पुरिएर काम नलाग्ने अस्थामा पुगेको छ । राती ९ बजेतिर घरको एउटा कुना भत्किएपछि घरपरिवार बाहिर निस्केका कारण मानविय क्षेतिहुनबाट जोगिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस