२०८१ जेष्ठ ८ गते मङ्गलवार

दशैँमा ससुराली जानेक्रममा दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङ, २० असोज ।
दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मामाघरमा रहेका छोराछोरीलाई लिन ससुरालीमा जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–१५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको हो ।

बुधवार खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिनुभयो । शब निकाल्ने कोशिष भइरहेको उहाँले बताउनुभयो ।

यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका ५५ वर्षिय कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस