२०८१ माघ ६ गते आइतवार

पहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध


दाङ, २० असोज ।
लगातारको वर्षातका कारण ठाउँठाउँमा पहिरो खस्दा घोराही- हालेरी जोड्ने सहिद मार्ग अवरूद्ध भएको छ ।

बुधबार दिउँसो यो सडकखण्ड अन्तर्गतको दुई खोलीमा झरेको पहिरो पन्छाइए पनि फेरि बेलुकीपख पहिरो झरेकाले अवरूद्ध बनेको छ । अहिले हटाउने प्रयास भइरहेको छ ।

यस्तै राप्ती राजमार्ग अन्तगर्त दाङ सल्यान सडकमा पनि ठाउँ-ठाउँमा पहिरो खसेका कारण ठुला सवारी साधन आवागमनमा समस्या देखिएको छ । कपुरकोट प्रहरी चौकी प्रमुख सई नेत्रबहादुर नेपालीले पहिरो हटाउने काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार कपुरकोट-३ फलाटेमा गएको पहिरो केहिबेर हटाइएको छ भने कपुरकोट-तुलसीपुर सडकमा पनि स-साना पहिरो खसेकाले ठुला सवारी साधन संचालन हुन सकेको छैन् ।

वर्षातका कारण हर्नेटीमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज बिहान चार बजेपछि सुचारु भएको छ । तर फेरि सल्यानको कपुरकोट क्षेत्रमा ठाउँ ठाउँमा स सानो पहिरो खसेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डमा ठुला सवारी संचालन हुन नसकेको दाङ प्रहरीले जनाएको छ । यस्तै राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमेलिया सडक पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।

यस्तै हिजो राती अवेरसम्म बबईमा पुलपारि अड्किएका सर्वसाधारणलाई उद्धार गरीएको थियो ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस