२०८० असोज ८ गते सोमवार

दाङमा खाल्डोमा डुबेर एक जनाको मृत्यु, खोलाले बगाउँदा एक जना वेपत्ता


दाङ, २० असोज ।
दाङमा खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिककैको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

शबलाई पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान तयारी गरिएको छ । यस्तै खोलामा आएको बाढीमा बगेर एक जना बेपत्ता भएका छन् ।

अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको एसपी वलीले जानकारी दिनुभयो । बुधबार (हिजो) १२ बजेर २५ दक्षिण अमराईबाट सर्रा जाने क्रममा चौधरी वेपत्ता हुनुभएको हो ।

चौधरी दिउँसो खोला तर्ने क्रममा बगेको र खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकिएको एसपी वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस