दाङ, १५ असोज ।
दाङमा बस दुर्घटना हुँदा २२ जना बढी घाइते भएका छन् ।
घोराहीेदेखि लमही तर्फ जादै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही-३ चौपट्टा ओरालोमा अनियन्त्रीत भई दुर्घटना भएको हो ।
दुर्घटनामा चालक सहित २२ जना घाइते भएको जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो ।
घाइतेहरुको उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रवत्ता गौतमले बताउनुभयो ।
बस चालकको बाया खुट्टामा गम्भिर चोट लागेको छ । गाडीको ब्रेक फेल भइ भित्तामा ठोक्किदा दुर्घटना भएको प्रहरीले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार