२०८१ चैत्र ८ गते शुक्रवार

नमुना टोलका स्थानयीले गरे, सरसफाई


तुलसीपुर, १० असोज ।
चाडपर्व नजिकिदै गर्दा नमुना टोलमा सरसफाई गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ पिपरवामा रहेको नमुना टोलका स्थानीयले सोमबार (आज) सरसफाई गरेका हुन् ।

डेंगुको संक्रमण बढ्दै गएको र दशैँतिहार पनि नजिकिदै गएकाले टोलको सरसफाई गरिएको टोलका अध्यक्ष बिरबल केसीले जानकारी दिनुभयो । टोलमा रहेका ८० जनाको सहभागीतामा झाडी सफाई, नाला, सडक सरसफाई गरिएको छ भने पानी जमेका खाल्डा पुरिएको छ ।

सरसफाई स्वास्थ्यसंगमात्रै नभएर प्रतिष्ठासंग पनि जोडिएकाले स्थानीयको सक्रियतामा टोलका सरसफाई नियमितजसो गर्ने गरिएको टोलका सचिव दिल बहादुर वलीले बताउनुभयो ।

टोलका अध्यक्ष केसी, उपाध्यक्ष पत्र बहादुर वली, सचिव ,कोषाध्यक्ष विपिका बस्नेत लगायतको सहभागीतामा सरसफाई अभियान संचालन भएको स्थानीय घनश्याम वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस