दाङ, १० असोज ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि तुलसीपुरले यसवर्षको दशैँ तिहारका लागि आज बाट खसिबोका खरिद गर्ने भएको छ । कम्पनिले यसवर्ष दाङबाट सात सय खसिबोका खरिद गरेर काठ्माण्डौ पठाउन लागेको हो ।
सहुलियतमा चामल बिक्रि गर्दै आएको कम्पनिले यसवर्ष किसान तथा सहकारीमार्फत खसिबोका खरिद गर्न लागेको हो । यसवर्षको दशैँ तिहारका लागि ७ सय भन्दा बढी खसिबोका खरिद गरेर पठाउन काठ्माण्डौ निर्देशन आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडका प्रमुख तिलक सुनारले बताउनुभयो ।
जिल्लामा खसिबोका खरिद गर्नका लागि बिहिबार अघि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले खसि बोकाको मूल्य निर्धारण गरिसकेको प्रमुख सुनारले जानकारी दिनुभयो ।
खाद्यले खरिद गर्ने खसिबोकाको मूल्य तौल अनुसारको फरक–फरक रहेको छ । यसवर्ष जिल्लामा २५ केजीभन्दा माथिको खसिको खरिद मूल्य प्रतिकेजी ५७० निर्धारण गरिएको प्रमुख सुनारले जानकारी दिनुभयो । त्यसैगरी १८ देखि २५ केजीसम्मको खसिको खरिद मूल्य ५६० निर्धारण गरिएको छ ।
कम्पनिले बोका प्रतिकेजी ५५५ रुपैयामा खरिद गर्न लागेको छ । १८ केजीभन्दा बढीको मात्रै खरिद गरिने प्रमुख सुनारले बताउनुभयो । किसानले खसिबोका कम्पनिको कार्यालय तुलसीपुरमै आएर पनि बिक्रि गर्न सक्नेछन् ।
यस्तै गतवर्ष सहकारीमार्फत खरिद गरेकाले पनि यसवर्ष पनि सहकारीमार्फत पनि खरिद गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसैबिच दशैँतिहार जस्ता चाडपर्वलाई मध्यनजर गरी खाद्यले प्रतिकिलोमा ७ रुपैँया छुटमा चामल बिक्रि गरिरहेको छ ।।