२०८१ फाल्गुन ३ गते शनिवार

अबरुद्ध राप्ती राजमार्ग तीन घण्टापछि सुचारु


दाङ, ९ असोज ।
राप्ती राजमार्गमा तीन घण्टापछि यातायात सुचारु भएको छ ।

दाङ–सल्यान सडक खण्ड अन्तगर्त कपुरकोट गाउँपालिका वडा नम्बर ५ अरिंगाले फेदीमा पहिरो जाँदा अवरुद्ध भएको सडक बेलुका सात बजेतिर सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अविरल वर्षातका कारण पहिरो खसेपछि पूर्णरुपमा अवरुद्ध सडक बेलुका सातबजेति संचालनमा आएको हो ।

प्रहरी र जेसिबीको सहायताले पहिरो हटाएपछि सडकमा सवारी साधन संचालनमा आएका हुन् । पहिरो हटेपछि दिउँसो चारबजेदेखि रोकिएका सवारी साधान गन्तव्यमा लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस