
दाङ, ४ असोज ।
लुम्बिनी प्रदेशसहित सुदूरपश्चिम र गण्डकी प्रदेशको एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने राति यी दुई प्रदेशसहित गण्डकीका एक÷दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यहाँ बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार