२०८० फाल्गुन २१ गते सोमवार

तुलसीपुरमा २४ जना पटके चोर पक्राउ

तुलसीपुर, ३१ भदौ ।
तुलसीपुरमा २४ जना पटके चोरलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु कुखुरा चोरदेखि सुन चोरसम्मको चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर बजार क्षेत्रमा पछिल्लो समय चोरीको विगविग रहेको समयमा तुलसीपुर प्रहरीले चोरी कार्यमा संलग्न २४ जनालाई पक्राउ गरेको हो ।

चोरी कार्यमा संलग्न रहेकाहरु एकपटक धेरै संख्यामा पक्राउ परेपछि अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा ठाउँको अभाव भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

२४ जनालाई केही दिनको अन्तरालमा पक्राउ गरिएको हो । उनीहरुलाई सार्वजनिक गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस