२०८१ फाल्गुन १ गते बिहिवार

सहकारी राज्यको सहयोगी निकाय हो : शर्मा

दाङ, २५ भदौ ।
तुलसीपुरमा रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औँ साधारणसभा गरेको छ । संस्थाका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षता तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा अध्यक्ष शर्माले सहकारी संस्था राज्यको सहयोगी निकाय भएको बताउनुभएको छ । उहाँले राज्यको तीन खम्बे अर्थनीतिमा सहकारी पनि भएको उल्लेख गर्र्दै सहकारी आर्थिक समृद्धिको आधार भएको बताउनुभयो ।

त्यस्तै राप्ती विश्वासी वचत तथा ऋण सहकारीका उपाध्यक्ष ईन्द्रबहादुर वलीले सहकारीमा आाबद्ध भएर ढुक्कसँग कारोबार गर्न आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार कणर्बहादुर वली, रारा वचत तथा सहकारीका अध्यक्ष टोपबहादुर घर्ती लगाएतले भनाई राख्नुभएको हो ।

त्यस अवसरमा एसईईमा उत्कृष्ट जिपिय प्राप्त गर्ने छात्रछात्रा, कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रा, उत्कृष्ट ऋणी,उत्कृष्ट वचतकर्ता, बाल वचतकर्ता लगाएतलाई सम्मान गरिएको हो ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष पहलबहादुर रोकाले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिबेक्षण समिती संयोजक लाल बहादुर केसीले लेखा प्रतिवेदन पेश गर्नुभएको हो ।

संस्थाका नारायण प्रसाद भुसालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव दुर्गा प्रसाद शर्माले गर्नुभएको हो । १२ वर्ष अघि स्थापना भएको सहयोगी सहकारी संस्थाले तुलसीपुरका १७ वटा वडामा कार्यक्षेत्र विस्तार गरेको छ भने १ हजार ७ सय १२ जना शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस