२०८१ माघ ३ गते बिहिवार

डिजेल र मट्टीतेलको मूल्य फेरि वृद्धि


दाङ, १७ भदौ ।
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार सेप्टेम्बर १ मा भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले नेपालमा पनि बढाउने निणर्य गरेको हो ।

नयाँ मूल्यसूची बिहिबार राति १२ बजेदेखि लागू भएको छ ।

नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस