२०८१ माघ २ गते बुधवार

दाङको प्रहरी प्रमुखमा वली


दाङ, १३ भदौ ।
दाङको प्रहरी प्रमुखमा एसपी बिरबहादुर वली आउनुभएको छ । एसपी वली बागमती प्रदेश प्रहरी गण हेटौडा,मकवानपुरबाट सरुवा भई आउनुभएको हो ।

उहाँलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा स्वागत समेत गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

भर्खरै सरुवा भएर आउनुभएका एसपी वलीले जिल्लाको शान्ति, सुरक्षामा आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले अपराध न्युनिकरणका लागि नागरिकको सहयोग अनिवार्य रहेको बताउनुभयो ।

उहाँले नागरिकले समयमै सुचना दिएमा धेरै अपराध कम हुने र दोषि समयमै पक्राउ गर्न सकिने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस