२०८१ बैशाख ५ गते बुधवार

स्पान नेशनल कलेजद्वारा घोराहीमा अभिमुखिकरण गरि आफ्ना कार्यक्रम सार्वजनिक

दाङ, १० भदौ । दाङको घोराहीमा संचालनमा रहेको स्पान नेशनल कलेजले आज घोराहीमा अभिमुखिकरण कार्यक्रम गरि आफ्ना योजना सार्वजनिक गरेको छ ।

शिक्षा र ब्यवस्थापन संकायमा स्नातक तहको पढाइ शुरु गरेको स्पान कलेजले चालू शैक्षिक वर्षदेखी संचालनमा ल्याएको कार्यक्रम बारे जानकारी गराइएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले युग सुहाउँदो गुणस्तरीय शिक्षा पूर्याउने गरि कलेजले काम गर्ने बताउनु भयो । कलेज संचालक निशान्त आचार्यले सिद्धान्तलाई ब्यवहारिक शिक्षासगै जोडेर आधुनिक बिधिबाट पढाइ गर्ने बताउनुभयो ।

अर्का संचालक हेमराज देवकोटाले बिधिलाई प्रबिधिसग र ज्ञानलाई बिज्ञानसग जोडेर लैजानु आजको आवश्यकता भएको भन्दै उक्त कुरालाई आत्मसात गरि कलेज संचालन गरिने बताउनु भयो । प्राध्यापक- शिक्षक समन्वय समितिका अध्यक्ष लोकेन्द्र रिजालले कलेजले युग सुहाउँदो शिक्षा दिइरहेको बताउनुभयो ।

कलेज संचालक मदन सुबेदिको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक गणेश गौतमले गर्नु भएको थियो । कार्यक्रम कलेज संचालक, प्राध्यापक, विद्यार्थी सगै अब स्नातक तहमा भर्नाको पर्खाइमा रहेका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले साङ्गितिक कार्यक्रम प्रस्तुत गरेका थिए । हाल भि एन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेसनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस