२०८१ चैत्र ७ गते बिहिवार

घर-घरमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

तुलसीपुर, ४ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आजबाट घर-घरमा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरणको काम सुरु गरेको छ ।

तुलसीपुर १८ ले वडाबासीहरु वडासम्म पग्न समस्या हुने र अनाबश्यक खर्च हुने भन्दै अभियान सञ्चालन गरेको वडा अध्यक्ष माधव वलीले बताउनुभयो । उहाँले वडाले बिभिन्न समयमा वडाबासीहरुको हितको लागी काम गरिरहेको र आगामी दिनहरुमा पनि वडाबासीहरुको समस्या समाधान गर्ने बताउनु भयो ।

टोल तथा गाउँमै सेवा पाउदा लाभग्राही पनि खुसी भएको वडा सचिव रामकुमारी मरासिनीले बताउनु भयो । वडाले आजबाट सुरु गरेर १७ गतेसम्म सम्पन्न गर्ने पनि वडाध्यक्ष वलीले बताउनु भएको छ ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस