२०८० फाल्गुन १५ गते मङ्गलवार

साउन ९ गतेदेखि मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने


दाङ, १ साउन ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा १२ साउनसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि २३ साउन गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आईएस)’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

आईपीओ निष्कासनको लाथि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिक ४ मेगावाट क्षमताक सार्दिखोला जलविद्युत आयोजना निमाणर् गरी उत्पादन गरिहरेको छ ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस