दाङ, २२ असार ।
नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले बुधबार संसदमा राजीनामा घोषणा गर्नुभएको छ ।
उहाँमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ । उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने भएको छ । संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताउनुभयो ।
‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भन्नुभयो-‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो ।’ छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन ।’ छानबिनमा शर्मा निर्दोष सावित भएपछि उहाँ नै अर्थमन्त्री बन्ने पुनले दावि गर्नुभयो ।