२०८१ मङ्सिर २३ गते आइतवार

लुम्बिनी प्रदेशमा १९ दिनमा २६ प्रतिशत बढी बजेट खर्च


दाङ, २२ असार ।
लुम्बिनी प्रदेश सरकारले पछिल्लो १९ दिनमा २६ प्रतिशत बढी बजेट खर्च गरको छ । सरकारले चालु वर्षको असार १ गतेदेखि १९ गतेसम्ममा ४ अर्ब ८७ करोड २५ लाख ५९ हजार अर्थात २६ दशमलव २ प्रतिशत बजेट खर्च गरेको हो ।

बितेको ११ महिनामा १८ अर्व ५६ करोड ५१ लख ७६ हजार बजेट खर्च गरेको सरकारले आर्थिक वर्षको अन्तिममा मनलाग्दीरुपमा बजेट खर्च गरेको देखिएको छ । असारको महिनामा ह्वात्तै बढेको खर्चले विकास निर्माणका काममा आशंका गरिएको छ ।

प्रदेश सरकारले चालुवर्षमा ४० अर्ब ९५ करोड ९७ लाख बजेट बिनियोजन गरेकोमा आर्थिक वर्षको जेठ मसान्तसम्ममा ४५ दशमलव ३३ प्रतिशत अर्थात १८ अर्ब ५६ करोड ५१ लख ७६ हजार बजेट खर्च गरेको थियो । प्रदेश सरकारले १९ दिनमै खर्च बढाएर चालुतर्फ ५९ दशमलव ६६ र पुँजीगततर्फ ५५ दशमलव २२ प्रतिशत बजेट खर्च पुर्‍याएको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस