दाङ, २५ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको अतुलनिय क्षतिमा पिडित भएकाहरुलाई दाङ भ्याली यातायात प्रा.लिमा आबद्ध रहेका अटो चालक यातायात ब्यवसायीहरुले सहयोग जुटाएका छन् । संस्थाका पदाधिकारी, कर्मचारी र यातायात ब्यवसायीहरुले ५१ हजार रकम संकल्न गरी प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढी पिडितलाई सहयोग गरेका हुन ।
नेपालीहरुले बिभिन्न समयमा यस्ता प्रकृतिक बिपतको सामना गर्नुपरेको हुदाँ सबैले आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गर्नुपर्ने दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष महेन्द्र महराले जानकारी दिनुभयो । संस्थाले बिभिन्न समयमा सामाजिक उतरदायित्वका कामहरु गर्दै आएको समेत उहाँको भनाई छ ।
दाङ भ्याली यातायात प्रा.लिका संरक्षक बेत प्रकाश वलीको संयोजकत्वमा समिति गठन गरी सहयोग रकम संकल्न गरिएको थियो । यातायात ब्यवसायीहरुले आफ्नो खाजा खर्च कटाएर बाढी पिडितहरुलाई सहयोग गरेका हुन ।


