२०८३ साउन ६ गते बुधवार

आगामी कार्तिकमा साफ च्याम्पियनसिपको आयोजना हुने

दाङ, ६ साउन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १५औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ ।

साफले दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आगामी कात्तिक १८ देखि मंसिर १ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने जनाएको हो । साफका महासचिव पुरुषोत्तम कट्टेलले फिफा विश्वकप २०२६ सम्पन्न भए लगत्तै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताएका छन् ।

प्रतियोगिताको आधिकारिक लोगो यहि साउन ९ गते ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो । त्यस्तै, प्रतियोगिताको गोलाप्रथा साउन १६ गते भुटानको थिम्पुमा हुने साफले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस