२०८३ भाद्र ३ गते बुधवार

राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सन्चालनको तयारी


दाङ, ६ मंसिर ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले स्वास्थ्य बिधाका कुनै बिषयमा स्नातकोत्तर गरेकाहरुका लागि पिएचडि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

चिकित्साशास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन गर्ने ब्यबस्था भएपनि पिएचडि गर्ने कार्यक्रम सम्बन्धित बिश्व बिद्यालयले नै तयारी गर्नुपर्ने भएकाले त्यसको पनि सुरुवात गरिएको एमडिजिपि प्राडा केके राईले जानकारी दिनुभयो ।

उहाँले विश्व विद्यालय अनुदान आयोग र विभिन्न अन्तरराष्ट्रिय संस्थाहरुसँग सहकार्यमा प्रतिष्ठानमा पिएचडि कार्यक्रम सन्चालन गरिने बताउनुभयो । प्राडा राईले प्रतिष्ठानमा फुल टाइम ३ वर्ष, पार्ट टाइम ६ वर्षमा पिएचडि गर्न सकिने र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विधाका स्नातकोत्तर गरेकाले भर्ना पाउने जानकारी दिनुभयो ।

प्रतिष्ठानमा पहिलोपटक PHD in Primary Health care (प्राथमिक स्वास्थ्य सेवा) कार्यक्रमको तयारी गर्न सुरु गरिएको हो । शैक्षिक कार्यक्रम बिस्तारका लागि सामान्य अभ्यास तथा प्राथमिक स्वास्थ्य सेवामा प्रस्ताबित पिएचडि कार्यक्रमका लागि अनुसन्धान विशेषज्ञ परामर्श गरिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताउनुभयो ।

विशेषज्ञ परामर्शमा प्राडा देबराज अधिकारी, डा. निरज धिताल, स्वास्थ्य मन्त्रालयका डा. केशरबहादुर ढकाल, चिकित्सा शिक्षा आयोगका प्राडा सुजन बाबु मरहट्ठा, प्राडा रोहित पोखरेल, प्राडा रमेश आचार्य, डा. चीनज्वाला श्रेष्ठ, पिएचडि, डा.राजकुमार राई, पिएचडि,जिपिएमएएनका सभापति डा.बिश्व दबाडि, डा. खड्ग श्रेष्ठ, पिएचडि, डा. मनिराज क्षेत्रि, पिएचडि, सुलोचना राई ढकाल , पिएचडि, प्राडा कृष्णकुमार राई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस