२०८३ भाद्र १० गते बुधवार

आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल

 आज २०८२ साल असोज ५ गते आइतबार । आश्विन कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २१ तारिख । सोह्र श्रद्धको समाप्ती । विश्व अल्जाइमर दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष-आज कुनै कामले अपेक्षित गति पाउने छैन ।तनाव बढ्न सक्छ तर साँझतिर स्थितिमा सुधार आउने संकेत छ । स्वास्थ्यमा ध्यान दिनु राम्रो हुनेछ ।

वृष-आज अरुको आशा पूरा गर्नुपर्ने हुन सक्छ । काममा केही बाधा आउन सक्छ । निर्णय लिनुअघि सोच–विचार गरी अघि बढ्नु बुद्धिमानी हुनेछ ।

मिथुन-नयाँ अवसरहरु खुल्नेछन् । मेहनतले फल दिनेछ । तर घरपरिवार / साथीभाइ सँगको सम्बन्धमा कटुता छाउनेछ ।अाफ्नो बिचार प्रस्ट संग राख्नु होला ।

कर्कट-प्रतिस्पर्धा बढ्न सक्नेछ । अरुको टिप्पणीले मन खिन्न हुन सक्छ । तर तालमेल राम्रो बनाएमा काम अघि बढ्नेछ ।

सिंह-आजको दिन अवसर र चुनौती दुवै लिएर आउनेछ । खर्च बढ्न सक्छ । विवादजनक काम आउने हुनाले संयमित हुनुहोस् ।

कन्या-दिनका केही क्षणहरू खुशीका हुनेछ । सामाजिक भेटघाटले मन प्रसन्न बनाउनेछ । तर नयाँ योजना अघि बढाउनुअघि सबै पक्ष बिचार गर्नुहोला ।

तुला-काममा मन लगाउने समय छ । परिणाम राम्रो आउनेछ । आर्थिक मामिलामा सोच–विचार पछि मात्रै खर्च गर्नुहोस् । साथी समर्थनमा रहनेछन् ।

वृश्चिक-आजको दिन प्रतिष्ठामा बढ्नेछ। मिहिनेतले मान–सम्मान दिलाउनेछ । तर अहङ्कारले समस्या निम्त्याउन सक्छ नम्र हुनुहोला ।

धनु-यात्रा वा बाहिर कामका अवसर आउन सक्छ । तर योजनाहरू अधूरा नै रहन सक्छन् । शालिन व्यवहारले राम्रो प्रभाव पार्नेछ ।

मकर-स्वास्थ्यमा ध्यान दिनुहोस् । काम र आम्दानीमा केही अवरोध आउन सक्छ । धैर्य र अनुशासनले काम टुङ्ग्याउनेछ ।

कुम्भ-प्रियजनसँगको सम्बन्ध आज सकारात्मक हुनेछ । प्रेम–भावनामा मिठास आउनेछ । तर आत्म–स्वाभिमान र निजी सीमाहरु बचाउनुपर्छ ।

मीन-नयाँ पहल गर्नका लागि उपयुक्त दिन छ। सामान्यतः राम्रो प्रभाव हुनेछ । तर आर्थिक खर्च व्यवस्थापनमा सजग हुनुपर्छ ।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस