२०८३ असार ७ गते आइतवार

जनसेवा वचत तथा ऋण सहकारी संस्थाको २६औँ वार्षिक साधारण सभा


दाङ, ४ असाेज । तुलसीपुर उपमहानगरपालिका–७, खर्चवामा अवस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६औँ वार्षिक साधारण सभा गरेकाे छ ।
संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले सहकारीलाई व्यक्तिगत भन्दा सामूहिक हित गर्ने संस्था भएको उल्लेख गर्दै सानो सानो
बचतबाट ठूलो कार्य सम्पन्न गर्ने हिम्मत मिल्ने धारणा व्यक्त गरेका छन् ।


सभामा आर्थिक प्रतिवेदन विक्रमबाबु केसी, सचिवको प्रगति प्रतिवेदन दीपक केसी र लेखा प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक सुनिल खनालले प्रस्तुत गर्नुभएको हाे । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष खिमराम जैसीले गर्नु भएको हाे ।
कार्यक्रममा विभिन्न योगदानकर्तालाई सम्मान गरिएको छ ।
असल बचतकर्ता केशव पोखरेल,धेरै नियमित बचत गर्ने कोमल डिसी,असल ऋणी नारायण भण्डारी तथा बाबुराम चौधरी,असल कर्मचारी सहलेखापाल मिना खनाल,धेरै सदस्य बनाउने हुमलाल जैसी जैसी, सुस्मिता गिरी र सुशील केसी,जेष्ठ सदस्य कुनतादेवी भुसाल, निमानन्द भुसाल,प्राविधिक सहयोगी लायन्स क्लब अफ तुलसीपुर, इसान, राप्ती लाइफ केयर हस्पिटल लाई सम्मान गरिएको हो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, पूर्व अध्यक्ष दुर्गाप्रसाद भण्डारी, शेयर सदस्य होमबहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे छ । संस्थामा १३ सय ३ जना सेयर सदस्य रहेका छन् । संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेको छ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस