दाङ, ३० साउन । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्डमा गएराति गएको पहिरोका कारण यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय दाङका अनुसार कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दाङ र सल्यानको सिमामा गएराति खसेको पहिरो पन्छाउनका लागि डोजर परिचालन गरिएको र सडक यथासक्य छिटो खुलाउने प्रयास भइरहेको छ ।
केही दिनअघि पनि यही स्थानमा पहिरो खसेर यातायात बन्द भएको थियो । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको सडक डिभिजनका प्रमुख इञ्जिनियर दीपेन्द्र बहादुर विष्टले बताउनुभयो ।
उहाँले यात्रु र चालकलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार




