२०८३ कार्तिक ५ गते बिहिवार

मसोट खोलामा डाइभर्सन निर्माण गरेपछि ठुला सवारीसाधन संचालन

दाङ, २३ साउन । घोराही–लमही सडकमा ठुला सवारीसाधन पनि संचालनमा आउन थालेका छन् । मसोट खोलामा डाइभर्सन निर्माण गरेपछि ठुला सवारीसाधन संचालनमा आउन थालेको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो ।

मसोट खोला पुल जिर्ण भएपछि ठुला सवारी साधन संचालनमा रोक लगाएर मर्मत गरिएको छ । तर पुलमा अहिले ठुला सवारी साधन संचालनमा रोक लगाएका कारण खोलामा डाइभर्सन निर्माण गरि ठुला सवारी साधनलाई आवागमनमा सहज बनाइएको हो ।

ठुला सवारी साधनलाई रोक लगाउँदा लामो दुरीको सडक प्रयोग गर्नुपर्ने भएपछि खोलामा डाइभर्सन निर्माण गरी सवारी आवागमनलाई सहज बनाएको प्रमुख विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस