तुलसीपुर,१७ असोज । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले निजिक्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ ।
बिहिबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लम्सालले जिल्लाको शान्ति सुरक्षा,सुसासन र विकासका सन्दर्भमा अडिग रहेर कार्य सम्पादन गर्ने बताउनुभयो ।
प्रजिअ लम्सालले निजि क्षेत्रको सहकार्यबाट राज्यलाई अर्थतन्त्र चलायमान गराउन मदत पुगिरहेको बताउनुभयो । राज्यले व्यवसायिहरुको सुरक्षा, प्रवद्र्धन र व्यवस्थापनमा प्रमुख प्राथमिकतामा राखेको समेत प्रष्ट पार्नुभयो ।
प्रजिअ लम्सालले सेवाग्राहिको सहजताका लागि कार्यालयमा आफुले हेल्पडेष्क स्थापना गरेर कामलाई छिटो छरितो बनाउन लागिपरेको जानकारी दिनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन प्रसाद तिमिलसिनाले प्रहरी एक्लैले केहि गर्न नसक्ने बताउनुभयो ।
उहाँले शान्ति सुरक्षा कायम गर्न जनतासंग सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा हुने लागुऔषध,गुण्डागर्दि र अपराध रोक्न दाङ प्रहरी सक्षम रहेको बताउनुभयो ।
उहाले जिल्लामा चाडपर्ब सुरक्षा योजना लागु भैसकेको भन्दै कहि कतै केहि परेको समयमा तत्काल नजिकको प्रहरिलाई खबर गर्न समेत आग्रह गर्नुभयो । एसपि तिमिल्सिनाले राजमार्ग सुरक्षा देखि यात्रुबाहक सवारिका साधनहरु चेकजाँचलाई कडाइ गर्न निर्देशन भैसकेको बताउनुभयो ।
त्यस अवसरमा तुलसीपुर उधोग वाणिज्य सघका पूर्व अध्यक्ष बिमल रिजाल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिहं ठकुरी ,नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख शिबनारायण गोशली लगायतले मन्तव्य राख्नुभएको हो ।
उपाध्यक्ष बिश्व बस्नेतको स्वागत मनतब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव केशबराज केसीले गर्नुभएको हो ।


